२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

855
Shares

काठमाडौं– नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु भएको छ ।
यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट 6 https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद÷बिक्री गर्न सकिने जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले क्क्ष्ए मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा क्क्ष्ए मार्पmत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij