२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

1.6K
Shares

काठमाडौं– गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।  प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij