२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सिक्लेस हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सिक्लेस हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.3K
Shares

काठमाडौं- सिक्लेस हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मङ्सिर  १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले मङ्सिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले  आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने  १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको बार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १:१ ( एक बराबर एक) अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij