काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब उक्त शेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij