काठमाडौं -सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २७ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन समबन्धि विशेष प्रस्ताव पेश हुन लागेको हो ।
सभाको विशेष प्रस्तावमा प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने, आईपीओबाट प्राप्त हुने पुंजीको उपयोगबारे निर्णय गर्ने, र यी कार्यको लागि विभिन्न नियामकबाट प्राप्त निर्देशन बमोजिम कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।
यस कम्पनीले बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटसम्म केवलकार संचालन गरिरहेको छ । केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा छ । बटम स्टेसनदेखि टप स्टेससम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षमताका २५ वटा गोन्डुला छ ।
यस कम्पनीको सहायक कम्पनीमा हिल साइड भिलेज रिसोर्ट प्रालि, ऋषि कालदेवल पर्यटन कम्पनी प्रालि, र नुवाकोटगढी पर्यटन कम्पनी परलाई रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij