२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.4K
Shares

काठमाडौं -दुई जलविद्युत कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलबार रहेको छ। आज सुपर मादी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माउन्टेन इनर्जीले भोली एक दिनका लागि बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

त्यस्तै, माउन्टेन इनर्जीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij