२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

550
Shares

चीन- दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

लङ मार्च–७ रकेटले ‘शिजियान–२८ उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८:२० बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको हो।

‘शिजियान–२८ उपग्रह’ चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, संचार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो। यस उपग्रहलाई उन्नत परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरिन्छ, जहाँ भविष्यका ठूला अन्तरिक्ष परियोजनामा आवश्यक तकनीकहरू (जस्तै उर्जाको दक्षता, डाटा सञ्चार र सेन्सरहरूको कार्य परीक्षण—गरिन्छ।)

उपग्रहले प्रक्षेपणपछि आफ्नो पूर्वनिर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको चीनले जानकारी दिएको छ।

यससँगै लङ मार्च श्रृंखलाका वाहक रकेटको यो ६११औँ उडान मिशन भएको पनि सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij