काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंबाट थप म्याद दिने आदेश जारी गरिएको हो।
तीनै जना पक्राउ परेका कर्मचारीहरू माथि थप अनुसन्धान गर्न अदालतले पाँच दिनको समय सुनिश्चित गरेको छ।
आइतबार अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयबाट सीआईबीको टोलीले सीईओ अशोक शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
त्यसअघि कात्तिक २२ मा सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा सम्बन्धी करिब एक दर्जन महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij