२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

शेयर बजारमा गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

755
Shares

काठमाडौं– साताको दोस्रो दिन शेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन आठ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंकको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij