२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग आवश्यक छ – सिइओ जोशी

पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग आवश्यक छ – सिइओ जोशी

565
Shares

काठमाडौँ, १४ मङ्सिरः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यकरहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उहाँले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताए ।

उनले पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख पनि गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि समयानुकूल प्रविधिको प्रयोगसम्बन्धी तालिम अपरिहार्य रहेको उनको भनाइ थियो ।

टानका अध्यक्ष सागर पाण्डेले व्यावसायिक रुपमा नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन एआई तालिमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्तालाई पर्यटनसँग जोड्नका लागि प्रविधिमैत्री तालिम आवश्यक रहेको बताए ।

टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले अहिलेको डिजिटल युगमा एआईको तालिम अपरिहार्य भएको बताउनुभयो । उहाँले एआई तालिमबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले नेपालको पर्वतीय पर्यटनको विकास र ट्रेकिङ कम्पनीमा आबद्ध व्यवसायीको क्षमता अभिवृद्धिमा यस्तो तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चार दिनसम्म चल्ने तालिममा पर्यटनमा एआइको प्रयोग, गन्तव्य विकास, क्षमता विकास र पर्यटनको सुरक्षाबारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको तालिमका संयोजक एवं टानका सदस्य राजु गुुरुङले जानकारी दिनुभयो । आजदेखि सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ३० ट्रेकिङ कम्पनीको सहभागिता छ ।

तालिमका सहसंयोजक एवं टानका सदस्य अम्बिरबहादुर गुरुङले नेपालको गन्तव्यलाई विश्वसामु चिनाउनका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij