काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij