२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको मूल्य समायोजन

एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको मूल्य समायोजन

1.2K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले एनआरएनको ४० प्रतिशत र शिवम् काे २.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात एनआरएनको शेयरमूल्य १ हजार ३८२ रुपैयाँ २१ पैसा कायम भएको छ भने शिवम् सिमेन्ट्सको ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा एनआरएनको शेयर प्रतिकित्ता १ हजार ९३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो भने शिवम् सिमेन्ट्सको शेयर प्रतिकित्ता ६१५ रुपेयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij