२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तकोशी सिमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सप्तकोशी सिमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

1.4K
Shares

काठमाडौं- “पूर्वको गौरव” का रूपमा चिनिने सप्तकोशी सिमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले जारी पूँजीको २० प्रतिशत शेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा सार्वजनिक गर्ने भएको छ। निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेड लाई प्रदान गरिएको छ।

आईपिओ प्रक्रियासम्बन्धी औपचारिक सम्झौता मंसिर १० गते काठमाडौं, त्रिपुरेश्वरस्थित कम्पनी कार्यालयमा सम्पन्न भयो। सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन्।

दैनिक ६०० टन उत्पादन क्षमता रहेको सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर मापदण्डअनुसार PPC तथा OPC 43 र 53 ग्रेड सिमेन्ट उत्पादन गर्दै आएको छ। एच.आर. गोयल समूहद्वारा प्रवर्द्धित कम्पनीले सन् २०१९ देखि व्यावसायिक उत्पादन सुरु गरेयता निरन्तर सञ्चालन नाफा कायम राख्न सफल भएको छ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगट्दै आएको कम्पनीले पछिल्लो वर्ष चुनौतीबीच पनि आर्थिक वर्ष २०८१/८२ मा २७ प्रतिशत बढी बिक्री वृद्धि हासिल गरेको छ। त्यही वर्षको नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर पनि वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij