२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता शुरु

आजदेखि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता शुरु

2.3K
Shares

काठमाडौँ – राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता प्रक्रिया आजदेखि शुरु हुने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो ।

संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल सार्वजनिक गर्दैछ । प्रणाली सार्वजनिक भएपछि संस्थालाई दर्ताका लागि दिइएको अवधि गणना हुने बताइएको छ ।

प्राधिकरणले हालै जारी भएको मापदण्डमा विद्युतीय दर्ता प्रणाली जारी भएपछि मात्र म्याद गणना सुरु हुने उल्लेख छ । दर्ताका लागि ६० दिनको म्याद रहेको छ ।

२ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोडभन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोडभन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार रुपैयाँ सञ्चालन इजाजत पत्र दस्तुर तिर्नुपर्ने प्रावधान ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij