काठमाडौं – दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागसिप’ मोडेल दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी र पाँच वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ ।
यस स्किमले दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालू’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ ।
बाइब्याक ग्यारेन्टी कार्यक्रमअन्तर्गत दिपल एस०७ आईसीए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्म जुनसुकै समयमा एमएडब्लू ग्रुपबाटै पूर्वनिर्धारित रिसेल मूल्य पाउनेछन् । यस स्किमले ईभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।
पाँच वर्षसम्म शून्य खर्च
बाइब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शून्य खर्च लाग्ने बृहत् कार्यक्रमको पनि उपभोग गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमा लाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन ।
आवश्यक सबै सेवाहरू उपलब्ध यो स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध ईभी ‘एक्सपिरियन्स’ गर्न पाउनेछन् । यसले विश्वसनीयता र दीर्घकालीन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउने कम्पनीको भनाइ छ ।
“हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो ईभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस०७ आईसीए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशीलताको मागलाई सम्बोधन गर्छ,” एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “दिपल ईभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय ईभी ओनरसिपका लागि हो ।”
लक्जरी र प्रविधिको नयाँ मापदण्ड
एस०७ आईसीएमा दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ ।
साथै, यसमा फोरजी, पाँइभजी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पोटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा छ ।
दिपल एस०७ आईसीएले आफ्नो ट्रेन्डसेटिङ डिजाइन र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ । यसको ‘टाइमलेस डिजाइन’ र १० भन्दा बढी अझै पनि अन्य ईभीमा नभएका ‘इन्डस्ट्री फर्स्ट’ फिचरले दिपलको भिजन दर्शाउने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij