२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

1.1K
Shares

काठमाडौं–  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढेका छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij