२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपिएल: लुम्बिनी र कर्णाली तथा काठमाडौं र विराटनगर भिड्दै

एनपिएल: लुम्बिनी र कर्णाली तथा काठमाडौं र विराटनगर भिड्दै

910
Shares

काठमाडौं -सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा गत मंगलबार दुई खेल भएको थियो। शनिबार भने बिहान सवा ११ बजे पहिलो खेल र दिउँसो साढे ३ बजे दोस्रो खेल हुने तय भएको हो। पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ।

प्रतियोगितामा यो दुवैको दोस्रो खेल हो।

लुम्बिनी राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलको नेतृत्वमा छ। टिममा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

कर्णाली याक्सको कप्तान सोमपाल कामी छन्। टिममा सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा र नाजिबउल्लाह जद्रान रहेका छन्।

काठमाडौंको कप्तान ‍करण केसी छन्। टोलीमा करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

काठमाडौंलाई राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईले प्रशिक्षण दिइरहेका छन्।

विराटनगर किंग्सले आज दोस्रो खेल खेल्दैछ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छ। टिममा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

यो टिमलाई पनि नेपाली राष्ट्रिय टिमकै पूर्वप्रशिक्षक रहेका पुबुदु दासानायेकेले प्रशिक्षण दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij