काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र पौडेलको नाममा रहेको १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको हो।
यी शेयरहरू खरीद गर्न यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिनको समय दिइएकोमा खरीद नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सो शेयर किन्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–०८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij