काठमाडौँ – आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले ‘खल्ती ट्रान्स्फर लिग’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गतेदेखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधि रहेको र क्रिकेटको खेलसरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ ।
खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरूले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।
खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यी रनहरू जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन १ र १०० रनमा बम्पर पुरस्कार स्वरूप बजाजको पल्सर एन १६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij