काठमाडौँ – एनआईसी एशिया बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल लाई प्रमुख सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का लाई प्रमुख गुनासो अधिकारीको रूपमा नियुक्त गरेको छ । दुवै पद आजदेखि लागू हुनेगरी कार्यान्वयनमा आएका छन्।
नयाँ प्रमुख सूचना अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका रावलमार्फत अब बैंकसम्बन्धी सबै प्रकारका आधिकारिक जानकारी र सूचनाहरू प्राप्त गर्न सकिनेछ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार, रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी आवश्यक सूचना लिन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij