२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाराको सिमरामा कर्फ्यू

बाराको सिमरामा कर्फ्यू

1.2K
Shares

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । बारा जिल्लामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत  आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij