२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आरम्भ चौतारी लघुवित्तको आग्रह

655
Shares

काठमाडौं–  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

सेयरधनीहरुले संस्थाको आधिकारिक वेबसाइटमा उल्लेखित विवरणको आधारमा आफ्नो परिचयपत्रसहित सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

उक्त अवधिभित्र पनि बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij