२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल–बेलायत उद्योग वाणिज्य संघमा नयाँ समिति

नेपाल–बेलायत उद्योग वाणिज्य संघमा नयाँ समिति

860
Shares

काठमाडौं । नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले काठमाडौंमा सम्पन्न आफ्नो साधारण सभा मार्फत आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका अग्रणी प्रतिनिधिहरूको सहभागिता थियो।

राजेन्द्र कुमार खेतानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने नयाँ लक्ष्य र आगामी योजना बारे प्रकाश पारेका थिए । विशेषगरी नेपालमा पुनः सक्रिय गरिएको यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड र दुवै देश बीच बढ्दो व्यावसायिक साझेदारीले नयाँ अवसरहरू सिर्जना गरेको उनले बताए ।

साधारण सभाले एलसीसीआई ग्लोबल क्वालिफिकेशन्स प्रा. लिका डा. रोशन राठीलाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक लि.), कोषाध्यक्षमा विद्यावरिदि सिग्देल (डोल्मा इम्प्याक्ट फण्ड), महासचिवमा सरद बञ्जारा (जेनेस सोलुसन्स), उप–महासचिवमा गोविन्द शाही (युनिलिभर नेपाल लि.), सदस्यमा येमी कार्की (स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.), शिव प्रकाश खेम्का (महावीर श्री इन्टरनेशनल), नीलु बस्न्यात (डीएआई ग्लोबल) र निर्वतमान अध्यक्ष राजेन्द्र कुमार खेतान (लक्ष्मी कर्प) रहेका छन् ।

नेतृत्वले नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घको मिशनलाई नयाँ ऊर्जा प्रदान गर्ने र नेपाल–बेलायत व्यापार तथा लगानी साझेदारीलाई सुदृढ बनाउने अपेक्षा गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij