काठमाडौँ- नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ।आइतबार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थमन्त्ती रामेश्वर खनाललाई वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाबारे विस्तृत जानकारी समावेश गरिएको बताए । उनले विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको उल्लेख गरे ।केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकको वित्रीय विवरण समेत समावेश गरीएको हुन्छ ।
तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ ।
दोस्रो खण्डमा बैंकका काम कारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय २०८२ कात्तिक ३० गते वर्ष २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्ट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
२०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा ‘बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
साथै, ऐनको दफा ९३(१) मा बैंकको लेखा परीक्षण, बैंकका काम कारबाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij