२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने

920
Shares

काठमाडौँ – अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले मङ्सिर २० गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने सम्बन्धि प्रस्ताव पेश हुन लागेको हो।

कम्पनीको विशेष प्रस्तावमा प्राथमिक शेयर निष्कासन (IPO Issuance) गर्ने सम्बन्धी छलफल गरी पारित गर्ने , सबै प्लेटफर्ममा कम्पनीको नाम एकरूपता कायम गर्ने, कम्पनीको पूँजी बृद्धि गर्ने, चुक्ता पूँजी रु. ४० करोड २० लाख कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने बारे छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीका प्रस्तावित बुँदाहरूमा संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट निर्देशन भएमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

यस कम्पनीले माछाको दाना उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन मत्स्य राजाको ब्राण्डबाट बिक्री भईरहेको छ। कम्पनीको फ्याक्ट्री चितवनमा रहेको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २४ हजार मेट्रिक टन रहेको छ।

कम्पनीको अध्यक्ष अनिल कुमार श्रेष्ठ हुन् । गत असारमा टिम भेञ्चर्स र आबद्ध साझेदाहरूले कम्पनीमा संयुक्त रूपमा रु २१ करोड ६८ लाख लगानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij