काठमाडौं – सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई आज मङ्सिर १ देखि निरन्तर खरिद बिक्री गर्न सकिने भएको छ ।
क्यापिटलका अनुसार सिटिजन्स क्यापिटलको डिल्लीबजार स्थित कार्यालयबाट आइतबारदेखि बिहिबारसम्म बिहान ११ देखि ३ बजेसम्म इकाई खरिद बिक्री गर्न सकिने छ। शनिवार तथा सार्वजनिक विदाका दिनमा भने योजनासमबन्धि सेवा बन्द रहने क्यापिटलले जनाएको छ।
सिटिजन्स सदाबहार योजनामा २०८२ आषाढ १३ गते देखि आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधिभित्र आवश्यकभन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij