काठमाडौँ – कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित Hotel Sabrina सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन्।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij