काठमाडौं– चालु आवकाे तीन महिनामा साधारण, हकप्रद र एफपीओ गरी कुल १८ अर्ब २ करोड बराबरको थप शेयर सूचीकृत भएकाे छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा उक्त थप शेयर सूचीकृत भएका हुन् ।
आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु.१२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब ८३ करोड बराबरको बोनस शेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.१८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यसैगरी, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र रु.९९ करोड ४७ लाख बराबरको साधारण शेयर गरी कुल रु.१० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij