२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्ट नाफामा

सर्वोत्तम सिमेन्ट नाफामा

845
Shares

काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशत र कुल नाफा ४०८.८१ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १५.९१ प्रतिशत घटेको छ भने कुल खर्च ८१.८९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij