काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।
आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ। रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय छ।
त्यसका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij