२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्वेत गंगा हाइड्रोपावरको नाफा बढ्यो

श्वेत गंगा हाइड्रोपावरको नाफा बढ्यो

950
Shares

काठमाडौं – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३४ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ५.५७ प्रतिशत घटेको छ भने कुल नाफा ४.०१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा समीक्षा अवधिमा ३.७७ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २८.९१ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नाफा बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ९४ पैसा बढेर २४ रुपैयाँ ४२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७६ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij