२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइ

सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइ

1.4K
Shares

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइ लाई स्ट्रेन्थ पार्टनरको रूपमा निरन्तरता दिएको छ। सम्झौता काठमाडौँमा सम्पन्न भएको हो, जहाँ सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का बीच सम्झौतामा हस्ताक्षर गरिएको छ।

सम्झौता हस्ताक्षरपछि रोयल्सका सीईओ प्रकाश खड्का ले सूर्य प्लाइलाई नेपालकै अग्रणी प्लाइउड ब्रान्डको रूपमा उल्लेख गर्दै भने, “सूर्य प्लाइ जस्तो प्रतिष्ठित ब्रान्डले हाम्रो टिमसँग निरन्तर साझेदारी गरेकोमा हामी आभारी छौँ। यस्तो सहयोगले टिमलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्छ, जसले समर्थकहरूबाट पनि सकारात्मक समर्थन पाउनेछ।”

त्यसैगरी, सूर्य प्लाइका प्रबन्ध निर्देशक देव आनन्द सरावगीले भने, “एनपीएलले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हामी सदा नेपाली क्रिकेट र खेलकुदको प्रगतिमा साथ रहन्छौँ।”

सुदूरपश्चिम रोयल्सको टोलीमा यस वर्ष दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।
टोलीका मुख्य प्रशिक्षक जगत टमटा हुन्।

सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइसँगको निरन्तर साझेदारीले टिमको मनोबल वृद्धि हुने र आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij