२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२००१ देखि २०१४ सम्मका होण्डा गाडीमा निःशुल्क एयरब्याग परिवर्तन अभियान सुरु

२००१ देखि २०१४ सम्मका होण्डा गाडीमा निःशुल्क एयरब्याग परिवर्तन अभियान सुरु

1.6K
Shares

काठमाडौं – नेपालका लागि होण्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूका लागि ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ।

कम्पनीले आफ्ना ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै उक्त अवधिमा उत्पादन भएका होण्डा गाडीहरूमा एयरब्याग निःशुल्क परिवर्तन गर्ने घोषणा गरेको हो। यो अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी सुरक्षात्मक पहलको हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरूमा देखिन सक्ने एयरब्याग इन्फ्लेटरसम्बन्धी सम्भावित प्राविधिक समस्या समाधान गर्नु हो।

यस अभियानमा ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश छन्। कम्पनीले यी गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क रूपमा दक्ष प्राविधिकद्वारा परिवर्तन गरिदिने जनाएको छ।

स्याकार ट्रेडिङले सम्बन्धित गाडीधनीहरूलाई आफ्नो गाडी यो अभियानमा समावेश छ वा छैन भनेर नजिकको आधिकारिक होण्डा सर्भिस सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij