काठमाडौं – आज साताको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अकंले बढेर २५४४.९१ बिन्दुमा कायम भएको छ । आज३२९ कम्पनीको ७६ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ६ उपसूचक घटेको छ भने ७ उपसूचकमा हरियाली देखिएको छ । आज निर्जीवन बीमा समूहको शेयर सर्वाधिक घटेको छ भने व्यापार समूहको बढेको छ ।
बिहिबार १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij