काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ हजार ९०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १७० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij