२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोनपे पेमेण्ट सर्भिसको छैटौं वार्षिक साधारण सभा सम्पन्न

फोनपे पेमेण्ट सर्भिसको छैटौं वार्षिक साधारण सभा सम्पन्न

1.6K
Shares

काठमाडौं – सोमबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ। उक्त साधारणसभाले आ.व. २०८१ /८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको जनाएको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका शेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । यस्तैगरी, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गरिने भएको छ । आ.व. २०८२ /८३ का लागि N. B. S. M. & Associates, Chartered Accountants लाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो ।

साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई शेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij