२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

सानिमा बैंकको सीईओमा पवन आचार्य नियुक्त

1.6K
Shares

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।  बैंककै डेपुटी सीईओ रहेका आचार्यले बैंक सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।  तर, उनको कार्यकाल भने माघ १२ गतेदेखि लागू हुनेछ । हालकासीईओ निश्चलराज पाण्डको कार्यकाल माघ ११ गते सकिँदैछ ।

सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । उनी करिब १७ वर्षदेखि सानिमा बैंकसँग आवद्ध छन् । उनी सानिमा क्यापिटलमा अध्यक्ष समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij