२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राधी विद्युत कम्पनीको खुद नाफा ८११ प्रतिशतले बढ्यो

राधी विद्युत कम्पनीको खुद नाफा ८११ प्रतिशतले बढ्यो

955
Shares

काठमाडाैँ – राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८११.६३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा ३ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी सो अवधिसम्ममा ६० रुपैयाँ ५८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसा बढेको हो। कम्पनीको नाफा उल्लेख्य बढेसँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको हो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि अन्य आम्दानी उल्लेख्य बढेका कारण कम्पनीको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी सर्ब उच्च बढ्न पुगेको हो। १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशत बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १ हजार ३९६.०८ प्रतिशत बढेको छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.४३ गुणामा झरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij