काठमाडौँ – नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। यो कार्यक्रम कार्तिक २३ मा एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालिले आयोजना गरेको थियो, जसले देशभर गुणस्तरीय सवारी साधन र सेवा प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको जनाएकाे छ।
शोरुमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद जैशी (राजु) महासचिव सुर्खेत चेम्बर अफ कमर्श द्वारा गरिएको थियो।
कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। शोरुममा फोटोनका सम्पूर्ण मोडेल उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, त्ःज्ञ, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्।
नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ। चितवन शोरुमले त्यस क्षेत्रको लागि उच्च गुणस्तरीय, कुशल र भरोसायोग्य मोबिलिटी सोलुसन्सको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अब सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकका लागि सोही सफलताको परम्परा जारी राख्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij