काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १० वर्ष अवधिको ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले ८ प्रतिशत ब्याजदर भएको अंकित तथ चुक्ता मूल्य १ हजार दरका कुल १० लाख कित्ता ऋणपत्र (शाइन रेसुङ्गा डिवेन्चर) सूचीकृत गराएको छ ।
अब उक्त ऋणपत्र मंगलबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij