काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय रूपैयाँ ८८ पैसादेखि तीन सय दुई रूपैयाँ ६४ पैसाको मूल्य रेञ्ज पाएको छ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको सर्वसाधारणमा रहेको ३५ प्रतिशत स्वामित्व बराबरको ५३ लाख ९५ हजार कित्ता र संस्थापकमा रहेको ६५ प्रतिशत बराबरको ८३ लाख आठ हजार कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij