२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अतिथि रिसोर्ट एण्ड स्पाले आईपीओ निष्काशन गर्ने

अतिथि रिसोर्ट एण्ड स्पाले आईपीओ निष्काशन गर्ने

1K
Shares

काठमाडौं- अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij