२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक

भारतमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक

785
Shares

काठमाडौं- हुन्डाइ इन्डियाले नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। यसको सुरूआती मूल्य ७ लाख ९० हजार भारु राखिएको छ।

नयाँ भेन्यु आठ भेरियन्ट र आठ रंग विकल्पमा उपलब्ध छ। नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलइडी हेडलाइट, एलइडी टेललाइट, १७ इन्च डुअल–टोन एलोय ह्विल र कनेक्टेड एलइडी लाइट बारले यसको आधुनिक लुक थपेको कम्पनीले बताएको छ।

क्याबिनमा १२.३ इन्च कर्भ्ड स्क्रिन, तीन–स्पोक स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिट लगायतका सुविधाहरू छन्। लेभल–२ अड्यास, ब्लुलिंक कनेक्टिभिटी, ओटिए अपडेट र वायरलेस एप्पल कारप्ले/एन्ड्रोइड अटो पनि उपलब्ध छन्।

अन्य फिचरहरूमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड–स्पट मोनिटर र इलेक्ट्रिक सनरूफ समावेश छन्।

नयाँ भेन्यु कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सोनेट, ब्रेज्जा, नेक्सन, काइल्याक, काइगर, म्याग्नाइट र एक्सयूभी ३एक्स० जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा दिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij