२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, जोडियो बिजुली

रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, जोडियो बिजुली

1.4K
Shares

काठमाडौं – रूपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता शुल्कको किस्ता तिरेका छन्।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन्।

पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्। बक्यौता रकम २८ किस्ता तिर्न पाउने सुविधा अनुसार उद्योगहरूले पहिलो किस्ता तिरेका पनि प्राधिकरणले बताएको छ।

पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार रूपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रूपैयाँ, सिद्धार्थ पेटप्लास्टको एक करोड ८३ लाख रूपैयाँ र श्याम प्लास्टिकको ४९ लाख १० हजार रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij