२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोको शेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोको शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर गत भदौ ८ गते बाँडफाँट भएको थियो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij