२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय पक्राउ

940
Shares

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कैलालीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलिया बस्ने २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्। यूपी ३१ सीएन ११७५ नम्बरको कारमा नेपाल आएका उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अहिले दुवै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij