२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज नाका : तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

वीरगञ्ज नाका : तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

1.3K
Shares

वीरगञ्ज – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको आयात र त्यसबाट प्राप्त राजस्व दुवैमा वृद्धि भएको जानकारी दिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड रुपैयाँका सवारीसाधन आयात हुँदा ५ अर्ब ९५ करोड राजस्व उठेको थियो।

चालु आवको तीन महिनामा सबैभन्दा बढी २४ हजार ९३९ वटा अनएसेम्बल मोटरसाइकल आयात भएका छन्, जसबाट ३ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यस अवधिमा ६२ करोड २४ लाख रुपैयाँ मूल्य बराबरका ३३० वटा जीप, कार र भ्यान आयात भए भने ६८ करोड ५ लाख रुपैयाँ मूल्य बराबरका २२९ वटा विद्युतीय जीप, कार र भ्यान पनि भित्रिएका छन्। गत वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि देखिएको छ, जसबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij