२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएसडीसी लघुवित्त साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

आरएसडीसी लघुवित्त साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

815
Shares

काठमाडौं –   आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड २७ लाख २५ हजार रुपैयाँ) लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले १२औं वार्षिक साधारण मंसिर १२ गते बुटवलमा बस्ने गरी बोलाएको छ । गत आर्थिक वर्षको लाभांश वितरण गर्न यही कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij