२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

1.3K
Shares

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि नयाँ महाप्रबन्धक अब खुला प्रतिस्पर्धामार्फत चयन गरिने भएको छ । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा योग्य उम्मेदवार सिफारिस गर्न समिति गठन गरिएको छ ।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा सहभागी छन् भने मन्त्रालयका सहसचिव सदस्यसचिव रहँनेछन् । समितिले एक महिनाभित्र योग्य उम्मेदवार सिफारिस गर्नेछ ।

नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमका उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्ने निर्णय गरिएको छ ।

त्यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको जिम्मा हालका उपाध्यक्ष विक्रम राईले सम्हाल्नेछन् । पूर्व कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल ७ कात्तिकमा सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij