काठमाडौं- सरकारले ३ करोड रुपैयाँभन्दा धेरैको घरजग्गा कारोबार गर्ने कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन दिन आह्वान गरेको हो।
महानगरपालिका र उपमहानगर पालिकामा एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्नेले अनुमति लिनुपर्ने व्यवस्था हालै मालमोत ऐनमा भएको संशोधनले गरेको छ।
यही अनुसार बिभागले आवेदन दिनको लागि आह्वान गरेको हो। एकपटक पाँच करोडसम्मको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) ले पाँच लाख रूपैयाँ र एक पटकमा पाँच करोड रूपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा दश लाख रूपैयाँ शुल्क लाग्ने उल्लेख छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij